2005-09-27 - press release - NA२०६२-०६-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19789 अभिलेखालय सि. नं.: NCA-19789

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

हिजो आश्विन १० गते रुकुम जिल्लाको खोलागाउँ इलाकास्थित हिमालय उच्च मा.बि.का १५ जना विद्यार्थीहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेको ।

अस्ति आश्विन ९ गते मकवानपुर जिल्लाको बेल्टार स्कुलका शिक्षकहरुबाट जवरजस्ती प्रतिव्यक्ति ५ सयका दरले रकम अशुल गरेको ।

यही आश्विन ७ र ८ गते सल्यान जिल्लाको लक्ष्मीपुर र कारागिठी गा.बि.स. इलाकाबाट युवादेखि बृद्धसम्मका ३०० जना भन्दा बढी स्थानीय र्सवसाधारण व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेको ।

RNA HQ
27 September 2005