2005-09-26 - press release - NA२०६२-०६-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19781 अभिलेखालय सि. नं.: NCA-19781

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

हिजो आश्विन ९ गते मोरङ्ग जिल्लाको टाँडी इलाकाबाट ठुलो संख्यामा बुद्धिजिवी, शिक्षक, बिद्यार्थी, व्यापारी तथा र्सवसाधारणहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेको ।

अस्ति आश्विन ८ गते अछाम जिल्लाको हिच्मा, धारी, ढुंगाचाल्ना आदि इलाकाहरुबाट विद्यार्थी, शिक्षक र र्सवसाधारण गरी जम्मा २३० जना व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेको ।

सोही दिन प्युठान जिल्लास्थित शाही नेपाली सेनामा भर्ना हुन आएका २४ जना र सोही जिल्लाको कोचिवाङ्ग इलाकाबाट २ जना र्सवसाधारणहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेको ।

यही आश्विन ७ गते डोटी जिल्लाको गैरागाउँ इलाकाबाट १० जना विद्यार्थी, काँडामाण्डौ इलाकाबाट २०० जना र्सवसाधारण एवं लडागडा इलाकाबाट ३० जना र्सवसाधारण व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेको ।

यही आश्विन ५ गते बैतडी जिल्लामा रहेका विभिन्न मा.बि. एवं उच्च मा.बि.हरुबाट ३५० जना भन्दा बढी शिक्षकहरुलाई समेत अपहरण गरी अज्ञातस्थलतर्फलगेको ।

यसै गरी यही आश्विन ३ गते बाग्लुङ्ग जिल्लाको मालारानी इलाका निवासी दिल बहादुर खत्रीको घरमा आतंककारीहरुको एक समूहले घरका परिवारहरुलाई एकै ठाउँमा थुनी ३ लाख ९० हजार रुपैयाँ र सुनका गरगहनाहरु लुटेर लगेका छन् ।

RNA HQ
26 September 2005