2005-09-25 - press release - NA२०६२-०६-०९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19776 अभिलेखालय सि. नं.: NCA-19776

सुरक्षाफौजको कारवाहीमा ८ (आठ) आतंककारीको मृत्यु

आज मिति २०६२ आश्विन ९ गते तेह्रथुम जिल्लाको औँशीडाँडा इलाकामा नियमित गस्तिमा रहेको सुरक्षाफौजलाई लक्षित गरी फायर गर्ने आतंककारीहरु विरुद्ध सुरक्षाफौजले गरेको सुरक्षात्मक कारवाहीबाट २ जना आतंककारीहरुको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलबाट सुरक्षाफौजले विभिन्न किसिमको बमहरु, विष्फोटक पदार्थ तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

यसै गरी हिजो मिति २०६२ आश्विन ८ गते पाल्पा जिल्लाको बहादुरपुर इलाकामा नियमित गस्तिमा रहेको सुरक्षाफौजमाथि उक्त इलाकामा लुकिछिपी बसेका आतंककारीहरुले एक्कासी फायर गरेपछि दोहोरो भिडन्त हुँदा सुरक्षाफौजको कारवाहीबाट ६ जना आतंककारीहरुको मृत्यु भएको छ । घटनास्थलबाट सुरक्षाफौजले बन्दुक नाल-३, प्रसस्त सकेट बमहरुका साथै घरेलु हतियारहरु बरामद गरेको छ ।

उक्त घटनामा आतंककारीहरुले गरेको अन्धाधुन्द फायरमा परी एक जना बालिका घाइते भएकी छिन् निज घाइतेलाई उपचारको लागि शाही नेपाली सेनाको जहाजबाट काठमाण्डौ ल्याई श्री वीरेन्द्र अस्पताल छाउनीमा उपचार्रार्थ भर्ना गरिएको छ ।

RNA HQ
25 September 2005