Archive ref no: NCA-19772
आतंककारीहरुले गरेका ज्यादतिहरु
निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।
हिजो आश्विन ७ गते धनुषा जिल्लाको नक्तझँिजा इलाका निवासी साधु महतोको घरबाट आधा तोला सुन र नगद ८ हजार रुपौँया, यही आश्विन ५ गते नुवाकोट जिल्लाको रालुका इलाका निवासी देवबहादुर कुँवरको घरबाट नगद ३२ हजार, सुनका गरगहना तथा जिन्सि सामानहरु जवर्जस्ती लुटेर लैजानुको साथै सोही दिन सल्यान जिल्लाको दर्माकोट इलाका निवासी एक र्सवसाधारणलाई कुटपिट गरी र्घाईते बनाएका छन् ।
यसै गरी यही आश्विन ६ गते प्युठान जिल्लाको नोस इलाकाबाट १२ जना, सोही दिन र्सलाही जिल्लाको हजारिया इलाकाबाट ४ जना तथा यही आश्विन ४ गते दैलेख जिल्लाको जम्मुकाँध इलाकाबाट १ जना समेत गरी जम्मा १७ जना र्सवसाधारणलाई अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन् ।
RNA HQ
24 September 2005