2005-09-24 - press release - NA२०६२-०६-०८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19771 अभिलेखालय सि. नं.: NCA-19771

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका छविसरा सुनुवार "सविता", गणेश शर्मा "जीवन" र बुद्धिमान कार्की "अरविन्द्र" उपनाम गरेका व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्ण पैदा भई आतंककारी कृयाकलाप त्यागी स्वतन्त्र जिवन यापन गर्ने प्रतिबद्धताकासाथ उक्त समूह परित्याग गरी एस.एल.आर. नाल-२, सो को मेग्जिन गोटा-१०, गोली गोटा-१५२, २" मोर्टरको बमहरु सहित सुर्खेत जिल्लाको बांगेसीमलस्थित सुरक्षाफौज समक्ष हिजो मिति २०६२ आश्विन ७ गते आत्मर्समर्पण गरेका छन् ।

आत्मर्समर्पण पश्चात सुरक्षाफौजसंगको कुराकानीमा निजहरुले आतंककारी समूह भित्र बाल सैन्यको अत्याधिक मात्रामा प्रयोग हुने गरेको, करिब १०० जना मध्ये ७५ जना १४ बर्षमुनिका बालबालिका हुने गरेको, आतंककारीहरुले गाउँलेहरुलाई डर, त्रास, धम्की दिई उनिहरुको ज्यादतिको विरोध गर्नेलाई मार्ने समेत गरेको, स्कूले बालबालिकाहरुलाई जर्वजस्ती आफ्नो कथित अभियानमा लग्ने गरेको र आतंककारीहरुले हालै गरेको कथित एकतफि युद्धविराम शान्तिको लागि नभै सिर्फआतंककारीहरुको रणनीति भएको कुरा बताएका छन् ।

यसै गरी खोटाङ्ग जिल्ला खार्मी इलाका निवासी भिमबहादुर बराइलीले सकेट बम सहित यही आश्विन ६ गते तथा रौतहट जिल्ला इनरवारी निवासी बद्री मियाँ र सोही जिल्ला प्रष्टोका इलाका निवासी धुवलाल शाह "सोनार/जगत" उपनाम गरेको व्यक्तिहरुले गत भाद्र ३० गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
24 September 2005