2005-09-23 - press release - NA२०६२-०६-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19765 अभिलेखालय सि. नं.: NCA-19765

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

हिजो आश्विन ६ गते आतंककारीहरुले नवलपरासी जिल्लाको डण्डा पुल इलाका नजिकको गाउँमा गहना पसल गरी बस्ने नेत्र बहादुर सुनारको पसलबाट ४० तोला सुन तथा नगद ३० हजार रुपैयाँ लुटेका छन् ।

यसै गरी यही आश्विन ६ गते आतंककारीहरुले डोल्पा जिल्लाको कालिका, लिकु, काईगाउँ र लाहा गा.बि.स.हरुबाट २५ जना, जुम्ला जिल्लाको गिरीखोला इलाकाबाट २ जना, सोही जिल्ला उर्थु इलाकाबाट १ जना, यही आश्विन ५ गते अछाम जिल्लाको बयलपाटा इलाकाबाट केही शिक्षकहरु, आश्विन ४ गते कैलाली जिल्लाको खानीडाँडा इलाकाबाट ५ जना तथा यही आश्विन ३ गते बाग्लुङ्ग जिल्लाको खुङ्गखोला इलाकाबाट स्थानीय २० जना र्सवसाधारणहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
23 September 2005