2005-09-22 - press release - NA२०६२-०६-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19762 अभिलेखालय सि. नं.: NCA-19762

घुम्ति शिविर सञ्चालन

सुरक्षाफौजको प्रत्यक्ष निगरानीमा हिजो आश्विन ५ गते कन्चनपुर जिल्लाको चाँदनी तथा दोधारा गा.वि.स.मा संचालित १ दिने घुम्ती सेवा शिविरमा शाही नेपाली सेनाको डाक्टर सहितको मेडिकल टिमले १६११ जना व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य उपचार तथा औषधि वितरण, अन्चल प्रशासन कार्यालयबाट तटबन्दका लागि ५० क्वाईल ग्याबिन वायरका साथै जिल्लाका विभिन्न सरकारी निकायहरुबाट खेलकुद, शैक्षिक सामग्रीहरु, बिउ बिजन वितरण, चौपायाहरुको उपचार एवं औषधि वितरण लगायत विविध राहातका कार्यक्रमहरु तथा यही आश्विन ४ गते ताप्लेजुङ्ग जिल्लाको नाङखोल्याङ्ग इलाकास्थित कालिका माध्यामीक विद्यालयमा सञ्चालन भएको घुम्ति सेवा शिविर आयोजनामा उपस्थित स्थानीय जनताहरुलाई स्वास्थ्य उपचार र औषधि वितरण, कृषि बिउ वितरण, बृद्ध भत्ता तथा विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्नुका साथै असहायहरुलाई राहत समेत वितरण गरिएको छ ।

RNA HQ
22 September 2005