2005-09-21 - press release - NA२०६२-०६-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19756 अभिलेखालय सि. नं.: NCA-19756

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

यही आश्विन ४ गते ताप्लेजुङ्ग जिल्ला फाकुम्बा इलाका निवासी जोशीराम थोप्रालाई सशस्त्र आतंककारीहरुको एक समुहले हत्या गर्ने उद्देश्यले कुटपिट गरे पछि निज जोशीरामले आतंककारीहरुसँग प्रतिकार गरी आतंककारीहरुलाई झुक्याएर भाग्न सफल भएको । निज जोशीराम थोप्रालाई हत्या गर्ने आतंककारीहरुको उद्देश्य पुरा नभएपछि आक्रोशित आतंककारीहरुले निजको घर तोडफोड गरी घरमा भएको सम्पूण नगद, लत्ताकपडा, भाँडावर्तन लगायतका जिन्सी सामानहरु लुटेर लैजानुको साथै फर्निचरहरु समेत जलाई दिएका छन् ।

आतंककारीहरुले यही आश्विन ४ गते बाग्लुङ्ग बेबाङ्ग इलाकाबाट ८ जना र्सवसाधारण, बर्दिया जिल्ला नेउलापुर निवासी देवेन्द्र बिष्ट, यही आश्विन ३ गते सप्तरी जिल्लाको ओद्राहा इलाकास्थित एक माद्यामिक विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थीहरु, यही आश्विन १ गते तेहृथुम जिल्लाको इसिबु इलाकाबाट गौतम इन्जिनियरिङ्ग कम्पनीका प्राविधिक चेतनारायण शर्मा तथा धादिङ्ग जिल्ला महादेवस्थान इलाका निवासी नेपाली कांग्रेसका कार्यकर्ता सुनबहादुर तामाङ्ग नाम गरेका व्यक्तिहरुलाई अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन् ।

आतंककारीहरुले यही आश्विन १ गते डोटी जिल्लाको गैरागाउँस्थित गा.वि.स. भवनका साथै स्थानीय बाल विकास तथा कृषि कार्यक्रम सम्वन्धी सम्पूण कागजपत्र जलाई सो कार्यालयमा कार्यरत सम्पूण कर्मचारीहरुलाई काम नगर्न र हालसम्म खाईपाई आएको तलब रकम पुरै बुझाउन धम्की दिनुको साथै उल्लेखित दुवै भवनहरुमा बम विष्फोट गर्राई क्षति पुर्‍याएका छन् ।

RNA HQ
21 September 2005