2005-09-19 - press release - NA२०६२-०६-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19744 अभिलेखालय सि. नं.: NCA-19744

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

मिति २०६२ असोज २ गते सशस्त्र आतंककारीहरुको एक समुहले डडेलधुरा जिल्लाको गौरा स्कुलमा अध्ययनरत कक्षा ६ देखि माथिका बिद्यार्थीहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

मिति २०६२ भाद्र ३१ गते कालिकोट जिल्लाको रासकोट इलाकाबाट सो इलाकाका शिक्षक र विद्यार्थीहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

आतंककारीहरुको एक समूहले भाद्र ३० गते दोलखा जिल्लाको भिरकोट इलाकाबाट रेणुका रुम्बा, लम्जुङ्ग जिल्लाको नाल्मा इलाकाबाट ४ जना तथा डोटी जिल्लाको खिरसैन, लडागडा तथा सुनदेबी नि.मा.वि.का शिक्षक सहित ८० जना र्सवसाधारण व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
19 September 2005