Archive ref no: NCA-19737
मिति: 2005-09-15
शान्ति प्रक्रिया अघि बढाउन आयोगद्वारा सरकारलाई पत्र, २०६२ भाद्र ३०
प्रेस विज्ञप्ति
ललितपुर, भदौ ३०, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले श्री ५ को सरकारलाई आज एक पत्र पर्ठाई विगत १० वर्षेखि सशस्त्र द्वन्द्वमा संलग्न नेपाल कम्युनिष्ट पार्टि (माओवादी) ले एकतर्फी युद्धविराम गरिसकेको अवस्थामा आफ्नो तर्फाट शान्ति र मानव अधिकारका पक्षमा हदैसम्म लचिलो भई युद्धविराम गर्न र यस सम्बन्धी प्रक्रियाहरु अगाडि बढाउन आग्रह गरेको छ। पत्रमा आयोगले आम नेपाली जनताको दीर्घकालीन शान्तिको चाहनालाई मुर्त रुप दिन र शान्ति प्रक्रिया अगाडि बढाउन आबश्यक देखिएको उल्लेख गर्दै सरकारलाई यो आग्रह गरेको हो। मानव अधिकारको निर्वाध उपभोग शान्तिको अवस्थामा मात्र सम्भव हुने हुदा द्वन्द्वको अवस्थालाई दीर्घकालीन शान्तिमा रुपान्तरण गर्न नीतिगत रूपमा पहल गर्न पनि आयोगले सरकारलाई अनुरोध गरेको छ।
साथै, यसका लागि आयोगले राजनीतिक दल तथा नागरिक समाजसंग छलफलको क्रमलाई तुरुन्तै अगाडि वढाउने र तत्काल केही जिल्लाहरुमा मानव अधिकारको सक्रिय अनुगमन गर्ने निर्णय गरेको छ।
ध्रुव नेपाल
निमित्त सचिव