2005-09-12 - press release - NHRC२०६२-०५-२७ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19735 अभिलेखालय सि. नं.: NCA-19735

मिति: 2005-09-12
माओवादीद्वारा अपहरण, २०६२ भाद्र २७

प्रेस विज्ञप्ति

ललितपुर, भदौ २७, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगमा ने.क.पा (माओवादी) का कार्यकर्ताहरूले यही भदौ २० गते दोलखा जिल्ला झ्याँकू गाउँ विकास समिति निवासी श्री मानेडाँडा माध्यामिक विद्यालय गामादाईमा कक्षा ६ मा अध्ययनरत १२ वषर्ीया डोमा शर्ेपालाई अहपरण गरी वेपत्ता बनाएको भनी आज उजुरी प्राप्त भएको छ।

आयोग अपहरित बालिका डोमालाई विना शर्त सकुशल तत्काल मुक्त गर्न र आगामी दिनमा मानव अधिकार उल्लघंन हुने कुनै कार्य नदोहोर्‍याउन ने.क.पा (माओवादी) लाई आव्हान गर्दछ।

केदारप्रसाद पौड्याल

प्रवक्ता