2005-09-05 - press release - NA२०६२-०५-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19713 अभिलेखालय सि. नं.: NCA-19713

सहायक रथी श्री छत्रमान सिंह गुरुङ्ग उपरथी दर्जामा पदोन्नति

श्री ५ को सरकारको मन्त्रीपरिषदको निर्णय बमोजिम मिति २०६२ भाद्र १८ गते पदोन्नती हुनु भएका सहायक रथी श्री छत्रमान सिंह गुरुङ्गलाई आज मिति २०६२ भाद्र २० गते शाही नेपाली जंगी अड्डामा आयोजित एक समारोहमा सम्माननीय प्रधानसेनापति महारथी श्री प्यार जंग थापाले उपरथी (Major General) दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो ।

नवनियुक्त उपरथी श्री छत्रमान सिँह गुरुङ्ग, मिति २०२८ साल कार्तिक २५ गते अधिकृत क्याडेट दर्जाबाट सैनिक सेवामा प्रवेश गर्नु भएको हो । त्रिशक्तिपट्ट (तेश्रा) बाट बिभाुषित उपरथी श्री गुरुङ्गले संयूक्त अधिराज्यबाट Staff College एवं Syomposium of East Asia Security, चीनबाट NDSC कोर्श लगायत स्वीडेन, दक्षिण कोरिया तथा भारतमा विभिन्न महत्वपूण तालिम तथा सेमिनारहरुको अनुभव हासिल गर्नु भएको छ । सैनिक विनय निर्देशकको जिम्मेवारी निर्वाह गरिरहनु भएका उपरथी श्री छत्रमान सिँह गुरुङ्गलाई पदोन्नति भएको मितिबाट श्री मध्यपश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको छ ।

RNA HQ
05 September 2005