2005-09-05 - press release - NA२०६२-०५-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19710 अभिलेखालय सि. नं.: NCA-19710

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका ताप्लेजुङ्ग जिल्ला थुकिम्वा-२ निवासी आतंककारी समूहका कथित एरिया जनमिलिसिया सहायक कमाण्डर नेत्र बानियाँ तथा जुम्ला जिल्ला गर्ज्याङ्गकोट-२ निवासी धनलक्ष्मी अधिकारी "विपना" र डिल्लीचौर-८ निवासी हरि बहादुर बुढा "अजय" उपनाम गरेका व्यक्तिहरुले आतंककारीहरुको हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट बितृष्णा पैदा भएको कारण यही भाद्र १८ गते उक्त समुह परित्याग गरी सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
05 September 2005