Archive ref no: NCA-19693
निष्कृय
सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आज भाद्र १८ गते चितवन जिल्लाको महेन्द्र राजमार्ग सडक खण्डमा पर्ने ज्यामीरे इलाकामा आतंककारीहरुले राखेको सकेट बमहरु तथा यही भाद्र १६ गते ताप्लेजुङ्ग जिल्लाको नाङखोल्याङ्ग इलाकामा बिष्फोट गराउन तयारी हालतमा राखेको प्रेशर कुकर बम, पाइप बम तथा ग्यालिन बमहरुलाई सुरक्षाफौजले निष्कृय पारेको छ ।
RNA HQ
03 September 2005