2005-09-03 - press release - NA२०६२-०५-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19692 अभिलेखालय सि. नं.: NCA-19692

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, लुटपाट, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्दै आएका आतंककारीहरुले हिजो भाद्र १७ गते सोलुखुम्बु जिल्लाको वाकु इलाकास्थित एक स्कूलमा अध्ययनरत ३ जना बिद्यार्थीहरुलाई अपहरण गरी अज्ञात स्थलतर्फ लगेका छन् ।

ज्यादति गर्ने क्रममा आतंककारीहरुले हिजो भाद्र १७ गते मोरङ्ग जिल्लाको विराटनगर उप-महानगरपालिकास्थित गुणस्तर तथा नापतौल बिभागको क्षेत्रिय कार्यालयमा प्रेशर कुकर बम बिष्फोटन गर्राई क्षति पुर्‍याएका छन् ।

RNA HQ
03 September 2005