2005-09-03 - press release - INSEC२०६२-०५-१८ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-19687 अभिलेखालय सि. नं.: NCA-19687

प्रेस विज्ञप्ति

०६२ भदौ १८ गते

प्रेस विज्ञप्ति

नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डद्वारा आज एक विज्ञप्ति प्रकाशन गरी आजैको मितिबाट लागू हुने गरी तीन महिनासम्मका लागि आफ्नो तर्फबाट एकपक्षीय युद्धविरामको घोषणा गरिएकोमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उक्त घोषणाको स्वागत गर्दै माओवादी नेतृत्वलाई धन्यवाद समेत दिन्छ।

जनता हिंसात्मक द्वन्द्वबाट आजित भएको र सर्वत्र शान्तिको कामना गरिएको वर्तमान परिप्रेक्ष्यमा युद्ध विरामको घोषणाले शान्तिकामी जनतामा आशा जगाउने विश्वास हामीले लिएका छौं।तर शान्ति बहालीको प्रक्रियामा यो प्रारम्भिक कदम हो र यसै भावनाको निरन्तरतामा विभिन्न पक्षबाट गरिनु पर्ने थुप्रै कार्यहरू छन् भन्नेतर्फपनि ध्यानाकर्षा गराउँछौं।

एकपक्षीय युद्धविरामका लागि देखाएको अग्रसरताका लागि माओवादी नेतृत्वको सह्राहना गर्दै यो घोषणाको पालना दृढतापूवक गरियोस् भन्ने माग पनि हामी राख्दछौं। विगतमा कतिपय अवस्थामा केन्द्रीय नेतृत्वको निर्देशन र भावनाविपरित स्थानीय तहबाट क्रियाकलाप हुने गरेको पृष्ठभूमिलाई ख्याल गर्दै आफ्ना प्रत्येक कार्यकर्ताले सम्पूर्ण रूपमा युद्धविरामको भावनालाई व्यावहारिक र्सार्थकता प्रदान गरून् भन्ने सुनिश्चित गर्ने दायित्व पनि नेकपा (माओवादी)को नेतृत्वपंक्तिकै हो। र्सार्वभौम जनताको स्वतन्त्रतापूर्वक अभिव्यक्ति गर्न पाउने अधिकारलगायतका मौलिक नागरिक अधिकारको प्रत्याभूति गर्नमा माओवादी पक्षबाट इमान्दारी देखाइयोस् र सबै मानवअधिकार तथा मानवीय कानुनको कडाइका साथ पालना गरियोस् भन्ने माग पनि हामी माओवादी नेतृत्वसमक्ष राख्दछौं।

माओवादीद्वारा एकपक्षीय रूपमा गरिएको यस युद्धविरामको घोषणालाई देशमा शान्ति बहालीका निम्ति एक विशेष अवसरका रूपमा सदुपयोग गर्न हामी सरकारसँग आग्रह गर्दछौं। देशलाई सशस्त्र द्वन्द्वले जर्जर बनाएको र देश असफल राष्ट्र बन्ने दिशातर्फउन्मूख भइरहेको अवस्थामा शान्तिका पक्षमा ढोका खोल्ने गरी आउने साना भन्दा साना अवसर पनि गुम्न दिनु भनेको ऐतिहासिक भूल हुन जानेछ। तर्सथ माओवादीद्वारा एकपक्षीय रूपमा घोषणा गरिएको युद्धविरामलाई द्विपक्षीय बनाउन र त्यस भन्दा अगाडि बढेर यसलाई शान्ति वार्ताको प्रस्थानबिन्दुका रूपमा उपयोग गर्न पनि हामी सरकारसँग माग गर्दछौं। कम्तीमा पनि आफ्नातर्फबाट गरिने कार्यले युद्धविराम तथा शान्तिवार्ताको वातावरणलाई बिगार्ने काम नहोस् भन्नेमा सरकारीपक्ष सचेत रहनु पर्ने आवश्यकतामाथि हामी जोड दिन्छौं।

माओवादीले राजनीतिक दलहरूको आग्रहप्रति सरोकार देखाउँदै युद्धविरामको घोषणा गरेको यस अवसरलाई दलहरूले पनि बुद्धमत्तापूर्वक सदुपयोग गर्न सक्नु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ। माओवादी अध्यक्ष प्रचण्डले पनि आफ्नो वक्तव्यमा राजनीतिक निकास दिने प्रमुख जिम्मेवारी नेपालकै राजनीतिक शक्तिहरूको भएको स्वीकार गरेको पनि स्मरणीय छ। नेपाल र नेपाली जनतालाई सही राजनीतिक निकास दिने सवालमा नेतृत्वदायी भूमिका दलहरूकै हो र यसका लागि दलहरू पनि जनतालाई शीरमा राखेर जनअधिकारको पूर्ण बहालीका लागि सचेष्ट र क्रियाशील हुनु पर्दछ।

वर्षौंदेखि हिंसा-प्रतिहिंसाको दुस्चक्रमा अल्झेको नेपालको शान्तिको लागि यो अवसरलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेमा अन्तर्राष्ट्रिय समुदायले समेत विशेष ध्यान पुर्‍याउनु पर्ने देखिन्छ। यसका लागि संयुक्त राष्ट्रसंघको नेतृत्वदायी र विशेष भूमिकामार्फ् द्वन्द्व समाधानका लागि पहल होस् भन्ने हाम्रो माग रहेको छ।

सुबोधराज प्याकुरेल
अध्यक्ष