2005-09-02 - press release - NA२०६२-०५-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19683 अभिलेखालय सि. नं.: NCA-19683

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका र्सलाही जिल्ला बग्दह इलाका निवासी आतंककारी समुहसँग आवद्ध मधिसे मुक्ति मोर्चाका कथित जिल्ला सदस्य शम्भु पासवान, सियाराम पासवान, सोही जिल्लाको सलेमपुर निवासी कथित गा.ज.स. प्रमुख कुम्लेश्वर झा, सिमरा निवासी भागनारायण राउत, गोडैता निवासी वकिलदास बानिया, सलेमपुर निवासी बैधनाथ राय यादव, सिसौटिया निवासी कैलाश मण्डल, कौडेना निवासी कथित एरिया सचिव नागेश्वर राय, दार्चुला जिल्ला सुनसेरा निवासी जजवीर धामी "शक्तिमान" र सोही इलाका निवासी दिलिप सिंह बिष्ट "दिलिप" उपनाम गरेका व्यक्तिहरुले यही भाद्र १६ गते तथा रुकुम जिल्ला आठबीस इलाका निवासी कथित कम्पनी कमाण्डर प्रेम पुन, सोही जिल्ला कोटजहारी निवासी कृष्णबहादुर बुढा तथा जाजरकोट जिल्लाको खलंगा इलाका निवासी लालबहादुर बि.क. नाम गरेका व्यक्तिहरुले यही भाद्र १५ गते आतंककारीहरुको हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट बितृष्णा पैदा भएको कारण उक्त समुह परित्याग गरी स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
02 September 2005