2005-09-01 - press release - NA२०६२-०५-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19670 अभिलेखालय सि. नं.: NCA-19670

सुरक्षाफौजको पछिल्लो कारवाहीमा ४ (चार) आतंककारीको मृत्यु

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आज भाद्र १६ गते कैलाली जिल्लाको पहलमानपुर इलाकामा स्थानीय र्सवसाधारण व्यक्तिहरुसँग बलजफ्ती रकम अशुल्दै गरेका आतंककारीहरु माथि सुरक्षाफौजले गरेको कारवाहीबाट १ जना, हिजो भाद्र १५ गते बैतडी जिल्लाको बेलचौर इलाकामा सुरक्षाफौज तथा सशस्त्र आतंककारी बीच दोहोरो भिडन्त हुँदा २ जना तथा अस्ती भाद्र १४ गते हुम्ला जिल्लाको ठेहेगाउँ इलाकामा सुरक्षाफौजलाई लक्षीत गरी फायर गर्ने आतंककारीहरु विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट जगत बुढा नाम गरेका १ समेत ४ जना आतंककारीहरुको मृत्यु भएको छ । सुरक्षाफौजले मृतक आतंककारीहरुको साथबाट सकेट बम, बिष्फोटक पदार्थ, आतंककारी दस्तावेजहरुका साथै नगद ८ हजार रुपैया समेत बरामद गरेको छ ।

RNA HQ
01 September 2005