2005-09-01 - press release - NA२०६२-०५-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19669 अभिलेखालय सि. नं.: NCA-19669

सुशोभन समारोह सम्पन्न

श्री ५ महाराजाधिराज सरकारबाट मिति २०६२ बैशाख १ गते सुप्रशंसनीय पट्ट १०४ जनालाई, प्रशंसनीय पट्ट ४२९ जनालाई तथा राष्ट्र सेवा पदक ४ जना समेत गरी गरी जम्मा ५३७ जनालाई विभूषण तथा पदकहरु बक्स भएको थियो । उक्त बक्स भएको विभूषण तथा पदकहरुको सुशोभन समारोह आज मिति २०६२ भाद्र १६ गते शाही नेपाली जंगी अड्डामा आयोजित एक समारोहका बीच सुसम्पन्न भयो ।

उक्त समारोहमा सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापाले विभूषण तथा पदक प्राप्त गर्नु हुने शाही नेपाली सेनाका अधिकृत, पदिक तथा अन्य दर्जाहरुलाई उक्त विभूषण तथा पदक प्रदान गर्नु भयो । उक्त अवसरमा शाही नेपाली सेनाका उच्चपदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

RNA HQ
01 September 2005