2005-08-31 - press release - NA२०६२-०५-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19660 अभिलेखालय सि. नं.: NCA-19660

कथित गा.ज.स. प्रमुख तथा कोषाध्यक्ष पक्राउ

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा यही मिति २०६२ भाद्र १४ गते कैलाली जिल्लाको हसुलिया इलाकाबाट आतंककारी समुहका कथित गा.ज.स. प्रमुख रामबहादुर चौधरी र कथित गा.ज.स. कोषाध्यक्ष लक्ष्मण चौधरी नाम गरेका आतंककारीहरुलाई सुरक्षाफौजले पक्राउ गरेको छ ।

RNA HQ
31 August 2005