Archive ref no: NCA-19659
आत्मर्समर्पण
अछाम जिल्लाको ढांकु इलाका निवासी आतंककारी समुहका कथित गा.ज.स.प्रमुख निर्मला चलाउने "रुपा" ले आफुलाई आतंककारीहरुले जबजस्ती डर, त्रास र धम्की दिई आतंककारी समुहमा संलग्न गराएको र पछि गएर उनिहरुले यौनशोषण लगायतका अन्य अमानवीय कुकृत्यहरु गरेको हुँदा आतंककारी कृयाकलापबाट वितृष्णा पैदा भई हिंसापूण समुह परित्याग गरी शान्तिपूण जीवनयापन गरी राष्ट्र र जनताको हित हुने कार्यमा संलग्न हुने बचनबद्धताकासाथ यही भाद्र ५ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेकी छन् ।
RNA HQ
31 August 2005