2005-08-31 - press release - NA२०६२-०५-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19658 अभिलेखालय सि. नं.: NCA-19658

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्दै आएका आतंककारीहरुले यहि भाद्र १३ गते पर्वत जिल्लाको तिलाहार इलाका निवासी दिपेन्द्र लामिछाने, यही भाद्र ११ गते मुगु जिल्लाको रुगा इलाकास्थित विभिन्न विद्यालयका शिक्षकहरुका साथै सोही दिन बझाङ्ग जिल्लाको बुङ्गलको बिजगडाबाट ६० जना स्थानीय र्सवसाधारण व्यक्तिहरु तथा यही भाद्र ८ गते पांचथर जिल्ला साबरम्वा निवासी गुरुप्रसाद पौडेललाई अपहरण गरी अज्ञातस्थलतर्फ लगेका छन् ।

ज्यादती गर्ने क्रममा आतंककारीहरुले आज भाद्र १५ गते ताप्लेजुङ्गजिल्लाको खानेपानी कार्यालयमा बम विष्फोटन गराउनुका साथै सो कार्यालयमा रहेको कम्प्युटर र र्टाईप र्राईटर समेत लुटी लगेका छन् । यसै गरी मुगु जिल्लाको ओखरपाटास्थित र्सवसाधारणहरुको बसोवास रहेको स्थानमा बम विष्फोट गराएका छन् उक्त बिष्फोटनबाट स्थानीय बासिन्दाहरुको गोठमा रहेको केही चौपायाहरु मरेका छन् ।

आतंककारी समूहले मानवीय मूल्य र मान्यताको परिधि भन्दा बाहिर गई मानव अधिकार र अन्तराष्ट्रिय मानवीय कानूनको ठाडो उल्लंघन गरी सुरक्षा निकायमा कार्यरत निहत्था तथा सुरक्षाकर्मीका परिवारहरु समेतलाई नियन्त्रणमा लिने, हत्या गर्ने, सम्पति जफत गर्ने, परिवारहरुलाई घरबाट निकाली विस्थापित गर्ने, र्सवसाधारणलाई धम्की दिने, अपहरण एवं बलात्कार जस्ता जघन्य अपराध लगायतका निम्न ज्यादतीपूण अमानवीय कुकृत्यहरु गरेका छन् ।

मिति २०६२ श्रावण २५ गते शाही नेपाली सेनामा कार्यरत रामेछाप जिल्ला खिम्ती गा.वि.स.वडा नं.२ निवासी चन्द्र बहादुर बुढाथोकीलाई सेवाबाट हटन धम्की दिनुको साथै घरमा बिष्फोटक पदार्थ राखी तालाबन्दी गर्नुको साथै घरमा रहेका बृद्ध बुवा, आमा, श्रीमती, छोरा छोरी, बहिनी समेत ९ जनाका परिवारलाई घरबाट निकाली गोठमा रहेको चौपायाहरु लुटेर लगेका छन् ।

आफ्नो भाइ चोक बहादुर ढकाल शाही नेपाली सेनामा कार्यरत रहेको कारण मिति २०६२ श्रावण २८ गते चितवन जिल्ला निवासी निजको सहदोर दाजुलाई आतंककारीहरुले अपहरण पश्चात पर्सीपट विभत्स हत्या गरी नारायणी नदीमा फाली दिएका छन् ।

मिति २०६२ भाद्र ३ गते आतंककारीहरुले सप्तरी जिल्लाको जगतपुर गा.वि.स.४ कोशी ब्यारेजस्थित गाउँकी स्थानीय श्यामा देवी खङग नाम गरेकी महिलालाई बलात्कार गरी सो घटनाको र्सार्वजनिक गरेमा ज्यान मार्ने धम्की दिएका छन् ।

अधिराज्यका विभिन्न विकट स्थानहरुमा रहेका बिद्यालयहरुलाई आतंककारीहरुले उनीहरुको कथित जनवादी शिक्षा लागू गर्ने नाममा आमसभा, विश्रामस्थल आदिको रुपमा प्रयोग गरी बिद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्दै आएका छन् । यसै क्रममा पर्वत जिल्लाको दक्षिण भेगका इलाकाहरु रानीपानी, बराचौर, बेहाकी, उरामपोखरामा अवस्थित विद्यालयका शिक्षकहरुलाई विभिन्न डर त्राश देखाई जनवादी शिक्षा पढाउन दबाव दिनुको साथै सो बमोजिमको कार्य नगरेमा ज्यान मार्ने समेत धम्की दिई वालवालिकाको पठन पाठन कार्यमा प्रत्यक्ष अवरोध खडा गरेका छन् ।

31 August 2005