2005-08-30 - press release - NA२०६२-०५-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19653 अभिलेखालय सि. नं.: NCA-19653

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्दै आएका आतंककारीहरुले हिजो भाद्र १३ गते रुपन्देही जिल्लाको बुटवल नगरपालीकास्थित दिपेन्द्र चोकमा व्यापार गरी बस्ने स्थानीय व्यापारी मुबिन खानलाई गोली प्रहार गरी निर्मम हत्या गर्नुका साथै काबिर खानलाई सख्त घाइते बनाएका छन् ।

आतंक मच्चाउने क्रममा आतंककारीले यही भाद्र १२ गते मोरङ्ग जिल्ला आपगाछी इलाका निवासी गजेन्द्र मण्डल नाम गरेका एक र्सवसाधारण व्यक्तिको मोटरर्साईकल तथा नगद ७ हजार ५ सय रुपैयां लुटेर लगेका छन् ।

यसै गरी आतंककारीहरुको एक समुहले बाग्लुङ्ग जिल्लाको बोवाङ्ग इलाकास्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका साथै स्थानीय केही र्सवसाधारण व्यक्तिहरुलाई समेत अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन् ।

RNA HQ
30 August 2005