2005-08-28 - press release - NA२०६२-०५-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19641 अभिलेखालय सि. नं.: NCA-19641

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा यही भाद्र ११ गते डोटी जिल्लाको काँडामाण्डौ इलाकाबाट बन्दुक, सकेट बमहरु, कम्ब्याट डे्रेसका साथै आतंककारी दस्तावेजहरु र यहि १० गते अछाम जिल्लाको गौरीठाँट इलाकाबाट प्रशस्त मात्रामा डेटोनेटरहरु, विद्युतीय धराप सञ्चालनमा प्रयोग हुने उपकरणहरु, घरेलु हतियारहरुका साथै आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

साथै यहि भाद्र ८ गते पर्सा जिल्लाको महसुवर इलाकामा अवैद्यरुपले चोरी निकासी गरी लैजादै गरेको ३९ बोरा युरिया मल समेत सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
28 August 2005