2005-08-28 - press release - NA२०६२-०५-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19639 अभिलेखालय सि. नं.: NCA-19639

र्सलाहीको बेताली इलाकामा भएको मुढभेडको थप विवरण

हिजो मिति २०६२ भाद्र ११ गते र्सलाही जिल्लाको बेताली इलाकामा सशस्त्र आतंककारी तथा सुरक्षाफौज बीच मुढभेड हुँदा सुरक्षाफौजको कारवाहीबाट थप २ आतंककारीको मृत्यु हुनुको साथै ५ जना आतंककारीहरु घाइते भएको बुझिएको छ । साथै सुरक्षाफौजको कारवाहीबाट मृत्यु भएका मृतक १ जना आतंककारी, सो समुहको कथित म्ऋः रोशन श्रेष्ठ "रोशन" भएको समेत बुझिन आएको छ । हाल सम्म उक्त घटनामा ३ जना आतंककारीको मृत्यु भइसकेको छ । घटनास्थलबाट सुरक्षाफौजले थप एस.एम.जि.हतियारको प्रशस्त गोलीहरु, सो को मेग्जीन-२, पेस्तोलका थुप्रै गोलीहरु एवं सो को मेग्जीन-२, सकेट बमहरु, आतंककारीहरुले प्रयोग गरेको मोटर र्साईकल-१ का साथै विविध बन्दोवस्तीका सामानहरु बरामद गरेको छ ।

RNA HQ
28 August 2005