2005-08-27 - press release - NA२०६२-०५-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19632 अभिलेखालय सि. नं.: NCA-19632

सुरक्षाफौजको कारवाहीबाट २ आतंककारीको मृत्यु

सुरक्षाफौजले सञ्चालन गरेको खोज तलासको कारवाहीको क्रममा आज मिति २०६२ भाद्र ११ गते र्सलाही जिल्लाको बेताली इलाकामा सशस्त्र आतंककारी तथा सुरक्षाफौज बीच मुढभेड हुँदा सुरक्षाफौजको कारवाहीबाट १ जना आतंककारीको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलबाट सुरक्षाफौजले एस.एम.जि.हतियार नाल-२ तथा पेस्तोल नाल-३ बरामद गरेको छ ।

यसै गरी हिजो भाद्र १० गते पर्सा जिल्लाको नगरदाह इलाकामा गस्तिमा रहेको सुरक्षाफौज र आतंककारी बीच मुढभेड हुँदा सुरक्षाफौजको प्रतिकारात्मक कारवाहीबाट १ जना आतंककारीको मृत्यु भएको छ । मृतक आतंककारीको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-१ तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
27 August 2005