2005-08-25 - press release - NA२०६२-०५-०९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19620 अभिलेखालय सि. नं.: NCA-19620

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रदशन गर्दै आएका आतंककारीहरुले यही भाद्र ४ गते धादिङ्ग जिल्लाको देउराली इलाकास्थित २ र्सवसाधारण व्यक्तिहरुको घरमा जवर्जस्ती पसि नगद ६० हजार रुपैयाँ लुटपाट गरेका छन् ।

आतंक मच्चाउने क्रममा आतंककारीहरुले यहि भाद्र ७ गते गोरखा जिल्लाको देउराली, बालुवा र अर्वाङ्ग इलाकाबाट ४० जना, हिजो भाद्र ८ गते दार्चुला जिल्लाको सिफ्टी इलाकाबाट ६० जनाका साथै सोही दिन मोरङ्ग जिल्लाको रंगेली टकुवा इलाका निवासी गजेन्द्र मण्डल नाम गरेका स्थानीय र्सवसाधारण व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन् ।

RNA HQ
25 August 2005