2005-08-24 - press release - NHRC२०६२-०५-०८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19617 अभिलेखालय सि. नं.: NCA-19617

मिति: 2005-08-24
जगतपुर घटनामा अनुसन्धान गर्ने र बन्द उद्योगप्रतिको चासो, भदौ ८, २०६२

राष्ट्रिय मानव अधिकार आयोग

प्रेस विज्ञप्ति

जगतपुर घटनामा आयोगले अनुसन्धान गर्ने

ललितपुर, भदौ ८, २०६२ - सप्तरी जिल्लाको जगतपुर गाउँ विकास समितिमा केही दिन अघि भएको सामूहिक बलात्कारको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन/ अनुसन्धान गर्ने भएको छ।

सो प्रयोजनका लागि आयोगको पर्ूवाञ्चल क्षेत्रीय कार्यालय विराटनगरबाट अधिकृतहरूको एक टोली भोलि घटनास्थललर्फप्रस्थान गर्दैछ। टोलीमा स्थानीय पत्रकार र नागरिक समाजका प्रतिनिधिहरू पनि सम्मिलित हुनेछन।

बन्द उद्योगप्रतिको चासो

मकवानपुर जिल्ला बसामडी गाविस वडा नं. ५ स्थित युनिलिभर नेपाल लिमिटेड बन्द गर्न ने.क.पा. माओवादीको भातृ संगठन अखिल नेपाल मजदूर संघले धम्की दिएको भनी आयोगमा उजुरी प्राप्त भएको र बिभिन्न आमसञ्चार माध्यममा सोही धम्कीका कारण उक्त उद्योग बन्द भएको भनी प्रकाशित समाचारका सम्बन्धमा आयोगको ध्यानाकर्षा भएको छ।

यसैगरी पर्सर्ााजल्ला परवानीपुरस्थित ज्योति स्पिनिङ्ग मिल्समा अज्ञात समूहले गत साता गराएको बिस्फोट र आगजनी घटनाप्रति पनि आयोगको ध्यानाकर्षा भएको छ।

उद्योग/ व्यवसाय क्षेत्रमा घटेका यस्ता घटनाहरूले स्वतन्त्रतापर्ूवक उद्योग/ व्यवसाय सञ्चालन गर्ने अधिकारको उपभोगमा अवरोध खडा गरेको हुँदा आयोगले यी दुवै घटनाहरूलाई गम्भीर रूपमा लिएको छ। मुलुकको आर्थिक क्षेत्रमा महत्वपर्ूण्ा टेवा दिने र रोजगार प्रदान गर्ने यस क्षेत्रमा अनावश्यक दबाब र अवरोधहरू खडा नगर्न तथा कुनै समस्या उत्पन्न भएमा आपसी वार्ताद्वारा समाधान गर्न आयोग सम्बन्धित सबै पक्षलाई पुनः आग्रह गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव