2005-08-24 - press release - NA२०६२-०५-०८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19614 अभिलेखालय सि. नं.: NCA-19614

आतंककारीहरुको घृणित कुकृत्य

मानवीय संवेदनाका सम्पूण पक्षहरुलाई पूण वेवास्ता गर्दै आफ्नो दानवीय चरित्रको चरम रुप प्रदर्शन गर्दै आएका आतंककारी समूहले यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिहरुको लाश समेत उठाउन नदिएर मानव सभ्यता विरोधी कार्यलाई निरन्तरता दिएका छन । जस अनुसार यहि भाद्र ५ गते बझाङ्गबाट महेन्द्रनगरतर्फआउदै गरेको ना.२ ख.१४०६ नं. को यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएका १३ जनाको लाश आतंककारीहरुले उठाउन दिएका छैनन् । साथै दुर्घटनामास्थलमा लाश लिन गएको एउटा जीपलाई समेत आतंककारीहरुले फर्किन नदिएको भन्ने बुझिएको छ ।

RNA HQ
24 August 2005