2005-08-24 - press release - INSEC२०६२-०५-०८ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-19610 अभिलेखालय सि. नं.: NCA-19610

प्रेस विज्ञप्ति

०६२ भदौ ८ गते

प्रेस विज्ञप्ति

इन्सेक सहकर्मी संस्था मानवअधिकार चेतना अभिबृद्धि मञ्च, चैनपुर, बझाङका अध्यक्ष, हेमन्तवाडा गाविसका ओफिलाल ओखेडालाई ०६२ भदौ ७ गते साँझ साढे छ बजे सदरमुकामबाट घर फर्किरहेको अवस्थामा पानकोटस्थित पुलको चेकपोष्टमा खटिएका दुर्गाभञ्ज्याङ गुल्मका एक सैनिकले बोलाएर केही नभनी एकाएक बेहोस हुने गरी कुटपिट गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षा भएको छ।

यसअघि पनि सुरक्षाकर्मीबाट मानवअधिकार रक्षकहरुउपर ज्यादति गरिएका घटनाहरु सार्वजनिक हुँदै आएका छन्।यस्ता क्रियाकलाप नियोजित तवरले भइरहेको त छैन - हामी मानवअधिकार रक्षकहरुले गम्भीरतापुर्वक लिनुपर्ने अवस्था सृजना भएको छ।

ओखेडालाई कुटपिट गर्ने सैनिकलाई यथाशीघ्र कारवाही गरी त्यसको सार्वजनिक जानकारी गराउन सरकार र सुरक्षा निकायसँग हामी जोडदार माग गर्दछौं।

सुबोधराज प्याकुरेल
अध्यक्ष