2005-08-23 - press release - NA२०६२-०५-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19606 अभिलेखालय सि. नं.: NCA-19606

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले मिति २०६२ भाद्र ५ गते इलाम जिल्लाको फिक्कल बजारस्थित होटलमा खाना खाइरहेका दावा छिरिङ्ग नाम गरेका एक स्थानीय व्यक्तिलाई गोली प्रहार गरी घाइते बनाएका छन् । हाल घाइतेको धरानस्थित बि.पि.मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । यसै गरी सोही दिन पाँचथर जिल्लाको ओराङ्गखुङ्ग इलाका निवासी प्रेम सुब्वा तथा नरहरी उप्रेती नाम गरेका र्सवसाधारण व्यक्तिहरुलाई समेत आतंककारीहरुले कुटपिट गरी घाइते बनाएका छन् ।

ज्यादती गर्ने क्रममा यही भाद्र १ गते रुकुम जिल्लाको विभिन्न गा.वि.स.हरुबाट आतंककारीहरुले स्थानीय ३०० भन्दा बढी युवा युवतीहरुलाई अपहरण गरी सोही जिल्लाको लुकुम इलाकातर्फ लगेको भन्ने बुझिएको छ ।

RNA HQ
23 August 2005