2005-08-23 - press release - CPN-M२०६२-०५-०७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20921 अभिलेखालय सि. नं.: NCA-20921

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
पश्चिमी कमाण्ड
विशेष क्षेत्रीय व्यूरो संयोजन समिति

प्रेस वक्तव्य

जनमुक्ति सेनाको भीषण हमला र पूर्ण प्रजातान्त्रिक संयुक्र आन्दोलनको सम्भावनाबाट हत्यारो ज्ञानेन्द्र शाही छटपटाइरहेका छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनमतको घेराबन्दीमा पर्दै बदनाम र एक्लिंदै गएको ज्ञानेन्द्र शाही राष्ट्र र जनताका विरुद्ध नयाँ षड्यन्त्रमा उत्रदै छ। त्यही षड्यन्त्रको क्रममा हत्यारो ज्ञानेन्द्र शाही जनहत्या, दमन र आतंकका लागि शाही सेनालाई उक्साउन र संयुक्त आन्दोलनलाई भाँड्न मध्यपश्चिम र सुदूर पश्चिममाञ्चल क्षेत्रको भमणमा आइरहेको छ। उसको यो खूनी भ्रमणको विरुद्ध भण्डाफोर र त्यसको सशक्त प्रतिरोध गर्दै उसलाई असफल पार्न र निरंकुश सामन्ती राजतन्त्र विरुद्ध जनसमुदायले चाहना राखेको आमूल परिवर्तनको आन्दोलनको नेतृत्व गर्नु हामी आफ्नो कर्तव्य ठान्दछौं।

तसर्थ मध्यपश्चिमाञ्चल क्षेत्रको कुनै पनि जिल्लामा ज्ञानेन्द्रले भ्रमण गर्दा जिल्ला बन्द गर्न, भ्रमणको सशक्त प्रतिरोध गर्न पार्टी जनसेना र जनसत्तालाई निर्देशन गर्दछौं। साथै बन्दमा प्रत्यक्ष सहभागी बन्न राजनैतिक पार्टी, नागरिक समाज, व्यापारी शिक्षक, विद्यार्थी यातायात व्यवसायी, बुद्धिजीवी र संचारकर्मी लगायत सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछौं।

मिति २०६२ भाद्र ७ गते

विप्लव
इञ्चार्ज
विशेष क्षेत्रीय संयोजन समिति
ने.क.पा.(माओवादी)