2005-08-22 - press release - NA२०६२-०५-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19596 अभिलेखालय सि. नं.: NCA-19596

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले आज मिति २०६२ भाद्र ६ गते सिराहा जिल्लाको छपरीचौर इलाका निवासी रामकृष्ण यादव तथा हिजो भाद्र ५ गते इलाम जिल्लाको फिक्कल बजार इलाका निवासी बाग घिसिङ्ग नाम गरेका र्सवसाधारण व्यक्तिहरुलाई गोली प्रहार गरी घाइते बनाएका छन् ।

ज्यादती गर्ने क्रममा आतंककारीहरुको एक समूहले यही भाद्र ३ गते पाँचथर जिल्लाको सल्लेरी इलाकाका स्थानीय वासिन्दाहरुलाई डर, धम्की देखाई नगद तथा जिन्सी सामानहरु लुटपाट गरी केही व्यक्तिहरुलाई कुटपिट गर्नुको साथै घरमा ताला समेत लगाई दिएका छन् ।

RNA HQ
22 August 2005