Archive ref no: NCA-19585
प्रेस विज्ञप्ति
०६२ भदौ ५ गते
प्रेस विज्ञप्ति
कालिकोट जिल्लाको पिलीमा ०६२ साउन २३ गते भएको घटनापछि नेकपा (माओवादी)द्वारा अपहरित साठी जना सैनिकको अवस्थाप्रति हाम्रो ध्यान पुनः आकषिर्त भएको छ।
गत १४ दिनदेखि आफ्ना परिवार र आफन्तहरूको सम्पर्कमा समेत आउन नपाएका ती सैनिकहरूको अज्ञात अवस्थाप्रति हामी अत्यन्त चिन्तित छौं। अतः हामी अन्तराष्ट्रिय मानवीय कानुन र मानवअधिकारको पालना गर्ने आफ्नो प्रतिबद्धता व्यवहारमा उतार्न, कब्जामा लिइएका सैनिकहरूलाई मानवोचित व्यवहार गर्न र उनीहरूलाई यथाशीघ्र सकुशल, निशर्त मुक्त गर्न नेकपा (माओवादी)लाई आहृवान गर्दछौं।
सुबोधराज प्याकुरेल
अध्यक्ष