2005-08-20 - press release - NHRC२०६२-०५-०४ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19584 अभिलेखालय सि. नं.: NCA-19584

मिति: 2005-08-20
कालीकोट अनुगमन जारी, २०६२।५।४

राष्ट्रिय मानव अधिकार आयोग

प्रेस विज्ञप्ति

ललितपुर, भदौ ४, २०६२ - कालीकोटको पीलीमा २०६२ साउन २३ गते भएको घटनाका सम्बन्धमा स्थलगत अनुगमन/अनुसन्ध्ाानका सिलसिलामा घटनास्थल पुगको राष्ट्रिय मानव अधिकार आयोगको टोली अहिले जिल्ला सदरमुकाम मान्मामा रहेको छ।

यही भदौ २ गते हेलिकोप्टरबाट घटनास्थल पीली पुगेको टोलीले घटनास्थलको स्थलगत अनुगमन, स्थानीय गाउँले, प्रत्यक्षदर्शी र सुरक्षाकर्मीहरूसँग सोधपुछ गरी आवश्यक तथ्यहरू सङ्कलन गरेको छ। सोही घटनाका बारेमा थप जानकारी प्राप्त गर्न आयोग टोली सदरमुकाम मान्मा आएको हो।

पीली घटनाकै बारेमा तथ्य पत्ता लगाउन र थप जानकारी हासिल गर्न सदरमुकाम मान्मामा सरकारी अधिकारी, सुरक्षाकर्मी र नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल सम्पन्न गरी आयोग टोली आजै नेपालगञ्ज फर्किने संभावना छ।

सो टोलीमा आयोगका सदस्य गोकुल पोखरेल, नेपाल बार एसोसिएसनका उपाध्यक्ष शेरबहादुर के.सी., नेपाल पत्रकार महासंघका सल्लाहकार तथा पर्ूव सभापति तारानाथ दहाल, आयोगको अन्तर्रर्ााट्रय परामर्शदाता डायना बेकर लगायत आयोगका अन्य तीन कर्मचारीहरू हुनुहुन्छ। टोलीमा रहनुभएका आयोग सदस्य सुदिप पाठक भने भदौ २ गते नै घटनास्थलको अवलोकन गरी काठमाडौं फर्किसक्नुभएको छ।

यसैगरी, धादिङ्ग र मकवानपुर जिल्लाका विभिन्न स्थानमा स्थानीय जनता र ने.क.पा.- माओवादी) को समूहबीच भएका भनिएका हिंसात्मक घटनाहरूका सम्बन्धमा अनुगमन गर्न ती जिल्लाका विभिन्न गाउँ विकास समितिहरूमा गएको आयोगको अनुगमन टोली स्थलगत अनुगमन सम्पन्न गरी हिजो काठमाडौं फर्केको छ।

केदारप्रसाद पौडयाल

प्रवक्ता