2005-08-20 - press release - NA२०६२-०५-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19583 अभिलेखालय सि. नं.: NCA-19583

यातायात सुचारुरुपमा संचालन

यही भाद्र २ गते परेको अविरल वषाको कारण सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे-तातोपानी सडक खण्डको डाक्लाङ्ग इलाकामा पहिरो गई सडक अवरुद्ध भएकोमा तत्काल सुरक्षाफौजले उक्त अवरोध हर्टाई यातायात आवागमन सुचारु गराएको छ ।

कैलाली जिल्लाको गुलेरीया बजार इलाकामा आतंककारीहरुले IED (Improvised Explosive Device) तथा ढुंगामुढा थुपारी यातायात आवागमनमा अवरोध खडा गरेकोमा यही मिति २०६२ भाद्र २ गते सुरक्षाफौजले उक्त अवरोध हर्टाई यातायात आवागमन सुचारुरुपले संचालन गरेको छ ।

RNA HQ
20 August 2005