2005-08-20 - press release - NA२०६२-०५-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19577 अभिलेखालय सि. नं.: NCA-19577

शुभजन्मोत्सव कार्यक्रम सम्पन्न

श्री ५ मुमाबडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह सरकारको ७८ औं शुभजन्मोत्सव तथा ४१ औं राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा श्री सैनिक अधिकृत श्रीमती संघ -शाही नेपाली सेना) ले आज मिति २०६२ भाद्र ४ गते श्री त्रिभूवन आर्मी अफिर्सस क्लबमा विविध कार्यक्रमहरुको आयोजना गरि मनाइयो ।

श्री सैनिक अधिकृत श्रीमती संघ (शाही नेपाली सेना) ले मौसूफ सरकारको सुस्वास्थ्य तथा दीघायुको कामना सहित विभिन्न मठमन्दिरहरुमा पूजापाठ गर्नुका साथै संघद्वारा संचालित श्री विजेश्वरी ज्ञान मन्दिर मा.वि. र श्री रिपुमर्दिनी प्रा.वि.मा विभिन्न शिर्षमा भएको कविता लेखन र चित्रकला प्रतियोगितामा विजयी छात्राछात्रहरुका साथै विभिन्न परिवार आवासहरुमा रहेका सैनिक परिवारका ६ महिनादेखि ५ बर्षम्मका शिशुहरुलाई स्वास्थ्य परिक्षण गरी उत्कृष्ट स्वास्थ्य शिशुहरुलाई समेत संघकी अध्यक्ष श्रीमती कमला थापाले पुरस्कार प्रदान गर्नु भएको थियो ।

सो अवसरमा संघकी अध्यक्ष श्रीमती कमला थापा लगायत संघका अन्य सदस्यहरुबाट विजेश्वरी ज्ञान मन्दिर माध्यामीक विद्यालय, रिपुमर्दनी प्राथमिक विद्यालय तथा आशा किरण छात्रावासका बालवालीकाहरुलाई मिर्ठाई वितरण गर्नु भएको थियो ।

उक्त शुभजन्मोत्सव समारोहमा सम्माननीय प्रधान सेनापति महारथी श्री प्यारजंग थापा, भुतपूव प्रधान सेनापति, रथिवृन्द, सेनानी समुह तथा संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

श्री ५ मुमाबडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह सरकारको ७८ औं शुभजन्मोत्सव तथा ४१ औं राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा आज श्रावण ४ गते आयोजित विविध कार्यक्रमहरु उपत्यका तथा उपत्यका बाहिर रहेका शाही नेपाली सेनाका विभिन्न निकायहरुमा समेत भव्य रुपमा मनाइएको छ ।

RNA HQ
20 August 2005