2005-08-19 - press release - NA२०६२-०५-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19568 अभिलेखालय सि. नं.: NCA-19568

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, बलात्कार, अपहरण, लुटपाट लगायतका मानवता विरोधी कुकार्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारी समुहले आज भाद्र ३ गते मेची राजमार्ग अन्तरगत इलाम जिल्लाको किट्नी इलाकामा २ वटा यात्रुवाहक बसलाई आगो लागाई क्षति पुर्‍याएका छन् ।

ज्यादति गर्ने क्रममा यही भाद्र १ गते आतंककारीहरुको एक समुहले दोलखा जिल्लाको ओख्रेनी इलाका निवासी कामी मिश्र नाम गरेका एक र्सवसाधारण व्यक्तिलाई अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन ।

यसै गरी आतंककारीहरुको एक समुहले गत श्रावण ३२ गते पाँचथर जिल्लाको नागिन इलाकास्थित स्थानीय बासिन्दाको धान पिस्ने मिल तोडफोड गर्नुको साथै खाद्यान्नहरु समेत लुटेर लगेका छन ।

RNA HQ
19 August 2005