Archive ref no: NCA-19555
आतंककारीहरुले गरेका ज्यादतिहरु
निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिंसा, बलात्कार, अपहरण, लुटपाट लगायतका मानवता विरोधी कुकार्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारी समुहले हिजो भाद्र १ गते बारा जिल्लाको परवानीपुरस्थित ज्योति स्पिनिङ्ग मिलमा आगो लगाएका छन ।
साथै आतंककाकारहरुले मिति २०६२ श्रावण ३२ गते ओखलढुंगा जिल्लाको गैरीगाउँ इलाकास्थित एक र्सवसाधारण व्यक्तिको घरबाट नगद रु ३ हजार ५ सय र २ तोला सुन तथा गत श्रावण २० गते भ्रमणको सिलसिलामा हुम्ला जिल्लाको मानसरोवर कैलाश गुम्वामा रहेका पर्यटकहरुबाट जवर्जस्ती प्रति व्यक्ति १२० अमेरिकी डलर, गाइडसँग रु. ६/६ हजार र कुकहरुसँग ५/५ हजारका दरले रकम असुलेका छन् ।
यसै गरी आतंककारीहरुले जाजरकोट जिल्लाको खलंगा इलाका निवासी सिँचाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर खत्रीलाई गत श्रावण २६ गते, अछाम जिल्ला चण्डिका इलाका निवासी बयलपाटा कैलाशखोला लिंकअप रोडका ठेकेदारलाई गत श्रावण २७ गते र बाग्लुङ्ग जिल्लाको भिमगिठ्ठे इलाका निवासी डिलबहादुर रोका नाम गरेका र्सवसाधारण व्यक्तिलाई गत श्रावण ३१ गते अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन् ।
RNA HQ
18 August 2005