2005-08-16 - press release - NA२०६२-०४-३२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19541 अभिलेखालय सि. नं.: NCA-19541

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिंसा, अपहरण, लुटपाट लगायतका विभिन्न ज्यादती गरी आफ्नो दानवीय चरित्र प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण ३१ गते झापा जिल्लाको देवकोट पार्कमा सकेट बम विष्फोट गर्राई स्थानीय एक वालिकालाई सख्त घाइते बनाएका छन् ।

ज्यादती गर्ने क्रममा यही श्रावण ३० गते बर्दिया जिल्लाको राजापुर इलाकाका एक स्थानीय व्यापारीले व्यापारको लागि सोही जिल्लाको गुलरीया बजारबाट खरिद गरी ल्याउँदै गरेको १ लाख ३९ हजार ३ सय २० रुपैयाँ बराबरको सामानहरु आतंककारीहरुको एक समुहले बाटौमै लुटपाट गरेका छन् । साथै आतंककारीहरुले यहि श्रावण २९ गते बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुन्ज अर्न्तगत तर्राई आर्क ल्याण्ड प्रोग्राममा कार्यरत एक अधिकृतलाई सोही जिल्लाको भुरिगांउ इलाकाबाट अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन् ।

RNA HQ
16 August 2005