2005-08-14 - press release - NA२०६२-०४-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19525 अभिलेखालय सि. नं.: NCA-19525

आतंककारीहरुले गरेका ज्यादती

आज मिति २०६२ श्रावण ३० गते सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेस्थित नेपाल क्रेडीट एण्ड कमर्शियल बैंकको शाखा कार्यालयमा आतंककारीकारीको एक जत्था प्रवेश गरी बैंकको सुरक्षार्थ खट्टएिका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिई नगद १७ लाख रुपैया, कम्प्युटर थान-३, टुटु राइफल नाल-१ तथा मेटल डिटेक्टर समेत लुटेर लगेका छन् । उक्त समुहले सोही इलाकामा रहेको कृषी विकास बैंकको महत्वपुण कागजात जलाउनुको साथै केही फर्निचरहरु समेत तोडफोड गरेका छन ।

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिंसा, अपहरण, लुटपाट लगायतका विभिन्न ज्यादती गरी आफ्नो दानवीय चरित्र प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण २९ गते ओखलढुंगा जिल्लास्थित एक विद्यालयमा आगजनी गरेका छन ।यसै गरी यही श्रावण २८ गते आतंककारीहरुको एक समुहले डोल्पा जिल्लाको फोक्सुण्डो इलाकामा भ्रमणमा रहेका १२ जना प|mान्सेली नागरिकहरुसंग प्रति व्यक्ति १०० डलरका दरले रकम अशुलेका छन ।

ज्यादती गर्ने क्रममा आतंककारीहरुले यही श्रावण २५ गते मकवानपुर जिल्लाको गोगने इलाकाका स्थानीय वासिन्दाहरुलाई कुटपिट गरी खुकुरी समेत प्रहार गरी बच्चु रिमाल नाम गरेका व्यक्तिलाई सख्त घाइते बनाउनुको साथै हरेराम विष्ट र पुष्कर कार्की नाम गरेका व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन् ।

RNA HQ
14 August 2005