2005-08-13 - press release - NA२०६२-०४-२९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19517 अभिलेखालय सि. नं.: NCA-19517

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हिंसा, हत्या, अपहरण, विष्फोटन जस्ता आतङ्क मच्चाई आफ्नो दानवीय चरित्र प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण २८ गते नवलपरासी जिल्लाको रजहर इलाका निवासी राजेन्द्र प्रसाद लामिछानेको घरबाट नगद तथा जिन्सी सामानहरु लुटी लगेका छन ।

ज्यादती गर्ने क्रममा आतंककारी समूहले प्युठान जिल्लाको धरमपानी निवासी खेम बहादुर श्रेष्ठसंग बारम्बार चन्दा माग्दै आएकोमा चन्दा दिन नसकेको कारण निजलाई यही श्रावण २५ गते अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन ।

RNA HQ
13 August 2005