2005-08-12 - press release - NA२०६२-०४-२८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19510 अभिलेखालय सि. नं.: NCA-19510

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि विभिन्न आतङ्क मच्चाई आफ्नो दानवीय चरित्र प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण २७ गते कन्चनपुर जिल्लाको महेन्द्र नगरपालीका निवासी वीरबहादुर बिष्ट तथा यही श्रावण १९ गते दोलखा जिल्लाको लामिडाँडास्थित एक प्रा.बि.का शिक्षक कुमार सिवाकोटीलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन ।

ज्यादती गर्ने क्रममा आतंककारीको एक समुहले यही श्रावण २५ गते डोटी जिल्लाको कांडामाण्डौं इलाकास्थित स्थानीय र्सवसाधारणहरुको ७ वटा घरमा तालाबन्दी गरेका छन ।

RNA HQ
12 August 2005