2005-08-11 - press release - NA२०६२-०४-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19503 अभिलेखालय सि. नं.: NCA-19503

सुरक्षाफौजको पछिल्लो कारवाहीमा ३ (तीन) आतंककारीको मृत्यु

आज मिति २०६२ श्रावण २७ गते जाजरकोट जिल्लाको स्याला बजार इलाकामा सुरक्षाफौज तथा सशस्त्र आतंककारी बीच दोहोरो भिडन्त हुँदा सुरक्षाफौजको कारवाहीबाट १ जना आतंककारीको मृत्यु भएको छ । यसै गरी हिजो श्रावण २६ गते रुपन्देही जिल्लाको बोगडी इलाकामा सुरक्षाफौजमाथि गोली प्रहार गरी आक्रमण गर्ने आतंककारीहरु विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीमा परी आतंककारी समुहका कथित एरिया कमाण्डर उमाशंकर यादव र कथित एरिया सचिव गंगा यादवको मृत्यु भएको छ । सुरक्षाफौजले मृतकहरुको साथबाट एस.एल.आर.र्राईफल नाल-१, पेस्तोल नाल-२, विभिन्न हतियारका गोलीहरुका साथै घरेलु हतियारहरु समेत बरामद गरेको छ ।

RNA HQ
11 August 2005