2005-08-11 - press release - CPN-M२०६२-०४-२७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20912 अभिलेखालय सि. नं.: NCA-20912

ने.क.पा.(माओवादी)
जनमुक्ति सेना, नेपाल
पश्चिम डिभिजन

प्रेस वक्तव्य

जनमुक्ति सेना, नेपालको पश्चिम डिभिजनले यही साउन २३ गते साँझ ५ः४० देखि भोलिपल्ट विहान ४ बजेसम्म कालीकोट पिलीमा रहेको श्वेत सेनाको आधार शिविरमाथि सशक्त आक्रमण गरी विजय प्राप्त गरेको घटनाबारे डिभिजन क.प्रभाकरले आफ्नो प्रेस वक्तव्यमार्फत स्पष्ट जानकारी सार्वजनिक गरिसक्नुभएको छ । यस सन्दर्भमा संयुक्त राष्ट्रसंघको मानवधिकार उच्च आयुक्तका नेपालस्थित कार्यालय र अन्य मानवधिकारवादीहरुको यस कार्वाहीमा कब्जा गरिएका शवेत सेनाका जवानहरुलाई मानवीय व्यवहार गर्न भनि गरिएको अनुरोधका सन्दर्भमा ने.क.पा(माओवादी)का अध्यक्ष तथा जनमुक्ति सेना, नेपालका सर्वाेच्च कमाण्डर क.प्रचण्डले श्रावण २६ गते एक प्रेस वक्तव्यमार्फत सार्वजनिक गर्नुभएको निर्देशनबमोजिम कार्यान्वयन गर्न बचनबद्धता जाहेर गर्दछ ।

हामी मानवधिकारवादी, संचार जगत र आदरणीय जनसमुदाय यस कार्वाहीका सन्दर्भमा के थप जानकारी गराउन चाहन्छौं भने पश्चिम डिभिजनको एक टुकुडी कार्वाहीस्थल वरिपरि सर्च गरी साउन २५ गते सम्पर्कमा आएको छ त्यसैले थप आठ जना शाही सेनाका जवानहरुलाई कब्जा गरेर ल्याएको छ । अतः कब्जा गरिएका शाही सेनाहरुको संख्या ६० पुगेको जानकारी गराउँदछौं ।

मिति २०६२ साल श्रावण २७

सुदर्शन
प्रवक्ता
जनमुक्ति सेना, नेपाल
पश्चिम डिभिजन
ने.क.पा.(माओवादी)