2005-08-10 - press release - NA२०६२-०४-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19495 अभिलेखालय सि. नं.: NCA-19495

अन्तिम संस्कार सम्पन्न

मिति २०६२ श्रावण २३ गते कालिकोट जिल्लाको पिलीस्थित अस्थायी सुरक्षा बेशमा सडक निर्माण कार्यको लागि तैनाथ सुरक्षाफौज तथा सशस्त्र आतंककारीहरु बीच भएको दोहोरो भिडन्तमा परी वीरगति प्राप्त गर्नु भएका स्वर्गिय उप सेनानी श्री तुलसी प्रसाद श्रेष्ठको पार्थिव शरिर माथि वहाँको परिवारजनको उपस्थितीमा सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापाका साथै सैनिक एवं प्रहरीका उच्च पदस्थ अधिकृतहरु लगायत अन्य दर्जाहरुले भावपुण श्रद्धाञ्जली अर्पण गरी आजै वहाँको शव पशुपति आर्यघाटमा सैनिक सम्मानका साथ अन्तिम दाह संस्कार गरियो ।

सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापा लगायत शाही नेपाली सेना, कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्नु भएका उप सेनानी श्री तुलसी प्रसाद श्रेष्ठको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद घडीमा शोक सन्तप्त परिवारमा धैयधारण गर्ने शक्ति प्रदान गरुन भनि श्री परमेश्वरसँग प्रार्थना गर्दछ ।

RNA HQ
10 August 2005