2005-08-10 - press release - NA२०६२-०४-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19492 अभिलेखालय सि. नं.: NCA-19492

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो दानवीय चरित्र प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण २४ गते कालिकोट जिल्लाको पिली इलाकामा शक्ति मल्ल नाम गरेका एक व्यक्तिलाई घाँटी रेटी विभत्स हत्या गरेका छन् ।

यही श्रावण २४ गतेनै कैलाली जिल्लाको जोशीपुर इलाकाबाट आतंककारीहरुले १ जना भारतीय नागरिकलाई अपहरण गरेका छन् भने सल्यान जिल्लाको कोटमौला, कोटवारा, शिवरथ तथा बाफुखोला गा.वि.स.स्थित प्रत्येक वडाबाट ९/९ जनाको दरले स्थानीय र्सवसाधारण व्यक्तिहरुलाई समेत आतंककारीहरुले अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन ।

RNA HQ
10 August 2005