2005-08-10 - press release - NA२०६२-०४-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19491 अभिलेखालय सि. नं.: NCA-19491

सुरक्षाफौजको कारवाहीबाट बैतडीको चौखाम इलाकामा ४ आतंककारीको मृत्यु

आज मिति २०६२ श्रावण २६ गते बैतडी जिल्लाको चौखाम तथा श्रीभावर इलाकामा सुरक्षाफौज माथि सकेट बम प्रहार गरी आक्रमण गर्ने आतंककारीहरु विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट ४ जना आतंककारीको मृत्यु भएको छ । सुरक्षाफौजले घटनास्थलबाट IED (Improvised Explosive Device), सकेट बम, सुतली बम, पाइप बमहरु, विभिन्न विष्फोटक पदार्थहरुका साथै विविध बन्दोवस्तीका सामानहरु बरामद गरेको छ ।

RNA HQ
10 August 2005