2005-08-10 - press release - NA२०६२-०४-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19490 अभिलेखालय सि. नं.: NCA-19490

कालीकोटको पिली इलाकामा ५ आतंककारीको लाश बरामद

मिति २०६२ श्रावण २३ गते कालिकोट जिल्लाको पिलीस्थित अस्थायी सुरक्षा बेशमा सडक निर्माण कार्यको लागि तैनाथ सुरक्षाफौज तथा सशस्त्र आतंककारीहरु बीच भएको दोहोरो भिडन्तमा परी सुरक्षाफौजको कारवाहीबाट मृत्यु भएका आतंककारीहरु मध्ये कथित बटालियन कमीसार सरोज अवस्थी "लोकेश" सहितका ५ आतंककारीको लाश बरामद गरिएको छ ।

हाल आतंककारीहरु भाग्न सक्ने सम्भावित इलाकाहरुमा सुरक्षाफौजको खोजतलासको कारवाही जारी रहेको छ ।

RNA HQ
10 August 2005