2005-08-09 - press release - NA२०६२-०४-२५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19480 अभिलेखालय सि. नं.: NCA-19480

कालीकोट भिडन्त बारे थप बिवरण

मिति २०६२ श्रावण २३ गतेको साँझ सवा ६ बजे बाट हिजो श्रावण २४ गतेको बिहान पौने ४ बजेसम्म कालिकोट जिल्लाको पिलीस्थित सडक निर्माण कार्यको लागि तैनाथ सुरक्षाफौजको अस्थाई बेशमा भएको दोहोरो भिडन्त पश्चात हालसम्म सुरक्षाफौजका १११ जना सर्म्पर्कमा आइसकेका छन् ।

आतंककारीहरुले आफूलाई मानव अधिकार संरक्षण र अन्तराष्ट्रिय मानवीय कानूनको जतिसक्दो पालना गर्छ भने तापनि त्यसको ठिक विपरीत उक्त भिडन्त पश्चात आतंककारीहरुले आफ्नो कब्जामा लिएका सुरक्षाफौजका ४० जनालाई आपराधिक तथा दानवीय प्रबृत्ति देखाउँदै लाइन लगाएर टाउकोमा गोली प्रहार गरी विभत्स हत्या गर्नुको साथै कतिपय जवानहरुको सम्वेदनशिल अङ्गहरु काटी दानवीय चरित्रको चरमरुप प्रदर्शन गरी हत्या गरेका छन् ।

कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त वीर सैनिकहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति धैयधारण गर्ने शक्ति प्रदान गरुन् भनि सुरक्षाफौज श्री परमेश्वरसँग प्रार्थना गर्दछ ।

आतंककारीहरु भाग्न सक्ने सम्भावित इलाकाहरुमा सुरक्षाफौजको खोज तलासको कारवाही जारी छ ।

साथै कर्णाली अञ्चलको विकाशको लागि निर्माण हुँदै गरेको सुर्खेत-जुम्ला सडकको निर्माण कार्यलाई आतंककारीहरुले सडक निर्माण बेशमा आक्रमण गरी व्यवधान उत्पन्न गरे तापनि सुरक्षाफौजले केही दिन भित्रै उक्त सडक निर्माण कार्यलाई पुनः तदारुकताका साथ शुरु गरी श्री ५ को सरकारको नीति अनुरुप कर्णाली अञ्चलको विकाश अभियानलाई निरन्तरता दिने छ ।

RNA HQ
09 August 2005